PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

एनएसएल : बराबरीमा रोकिए एफसी चितवन र ललितपुर सिटी

एनएसएल : बराबरीमा रोकिए एफसी चितवन र ललितपुर सिटी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा एफसी चितवन र ललितपुर सिटी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चितवन र ललितपुर १/१ को बराबरीमा रोकिएका हुन्।

पहिलो हाफ गोलरहित बरारबरीमा रोकिएको खेलको दोस्रो हाफमा दुबै टीमले गोल गरेका थिए। खेलको ४९ औं मिनेटमा ललितपुर सिटीका कमल श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, अन्तिम समयमा सम्हालिन नसक्दा ललितपुर अंक बाँड्न पुग्यो। चितवनका लागि अतिरिक्त समयमा अमित तामाङले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै खेल बराबरीमा ल्याए।

जारी सिजन दुई खेल खेलेको ललितपुरको यो पहिलो अंक हो। यसअघि उद्घाटन खेलमा ललितपुर काठमाडौंसँग पराजित भएको थियो। उता एफसी चितवनले भने बराबरी खेल्दै लिगको सुरुवात गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell