PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

वीरगंजमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु



पहिलोपोस्ट

वीरगंजमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

वीरगंज : वीरगंजमा सोमवार थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। पर्साको बहुदरमाई नगरपालिका-७ निवासी ४५ वर्षीया संक्रमित महिलाको नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले जानकारी दिए।

उनलाई आइतवार अस्पताल भर्ना गरिएको थियो। सोमवार एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको हो। उनको सोमवार नै साँझ ६ वजे मृत्यु भएको बताइएको छ।

मृत्युको कारण एक्युट रेस्पिरेटोरी डिस्ट्रेस सिन्ड्रोम (श्वासप्रश्वास सम्बन्धी समस्या) र गम्भीर निमोनिया रहेको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell