PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

अन्तर्राष्ट्रिय सीमानाकामा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय, हवाई उडान तत्काल बन्द नहुने



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय सीमानाकामा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय, हवाई उडान तत्काल बन्द नहुने

काठमाडौं : मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमानाकामा कडाइ गर्ने निर्णय गरेको छ। सोमवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सीमानाकामा कडाइ गर्ने निर्णय गरेको हो।

त्यसका साथै बैठकले अन्तर्राष्ट्रिय सीमा जोडिएका स्थानीय निकायलाई आवश्यक परेको खण्डमा थप कडाइ गर्न सक्ने अख्तियारी दिएको छ। बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना रोकथामको लागि गरेको सिफारिसलाई केही परिमार्जन गर्दै पारित गरेको छ।

मन्त्रिपरिषद् बैठकले हालका लागि हवाई उडान नरोक्ने निर्णय गरेको छ। सरकारले तत्कालका लागि आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर उडान सञ्चालन गर्न दिने निर्णय गरेको हो।

यस्तै, सरकारले ५०० जना भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा जारी गर्ने विषयमा आवश्यक निर्णय लिन जिल्ला संकट व्यवस्थापन केन्द्रलाई अख्तियारी दिएको छ। आजको बैठकले सबै विद्यालयहरु बन्द गर्ने निर्णय समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell