इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमवार भएको खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्समाथि जित निकालेको छ। अहमेदावादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा कोलकाताले पञ्जाबमाथि ५ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले १६ दशमलब ४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
पञ्जाबका लागि मयंक अग्रवालले सर्वाधिक ३१ रन बनाउँदा क्रिश जोर्डनले ३० रन बनाए। त्यस्तै, कप्तान केएल राहुल र निकोलस पूरनले १९/१९ रन तथा शाहरुख खानले १३ रन जोडे। कोलकाताका लागि प्रसिध कृष्णाले ३ विकेट लिँदा प्याट कमिन्स र सुनिल नराइनले २/२ तथा शिभम माभी र वरुण चक्रवर्तीले १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको कोलकाताका लागि कप्तान इयोन मोर्गनले अविजित रहँदै सर्वाधिक ४७ रन बनाउँदा राहुल त्रिपाठीले ४१ रन जोडे। त्यस्तै, दिनेश कार्तिकले १२ र आन्द्रे रशेलले १० रन बनाए। पञ्जाबका मोइसेस हेन्रिकेश, मोहम्मद शामी, अर्शदीप सिंह र दीपक हूडाले एक/एक विकेट लिए।
