PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

कोभिड-१९ भ्याक्सिनको अभाव : पहिलो डोज लगाएको निर्धारित अवधिमा दोस्रो डोज नलगाए के हुन्छ?



विधुर ढकाल

कोभिड-१९ भ्याक्सिनको अभाव : पहिलो डोज लगाएको निर्धारित अवधिमा दोस्रो डोज नलगाए के हुन्छ?

काठमाडौं : विश्वभर यतिवेला कोभिड-१९ विरुद्धको खोप अभियान चलिरहेको छ। नेपालमा पनि तेस्रो चरणको खोप अभियान सुरु भइसकेको छ।

हालसम्म नेपालमा कोभिड-१९ विरुद्ध १९ लाख ८९ हजार २४८ जनाले खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख ११ गते साँझ सवा ६ बजे सम्मको अध्यावधिक तथ्यांकमा उल्लेख छ। चैत १८ गते सम्मको अध्यावधिक विवरणअनुसार नेपालमा पहिलो र दोस्रो चरणमा गरेर भारतबाट आयात भएको तथा अनुदानमा प्राप्त कोभिसिल्ड खोप १७ लाख ९१ हजार ६०६ जनालाई लगाइएको छ।

त्यसपछि तेस्रो चरणमा चीनबाट अनुदान सहयोगमा प्राप्त भेरोसेल लगाउन थालिएको छ। यसबीच चीनबाट आयात भएको खोप दुई लाख जनालाई लगाइसकिएको छ।

पहिलो चरणमा खोप लगाएकाहरुलाई वैशाख ७ गतेबाट दोस्रो डोज दिन थालिएको छ। पहिलो र दोस्रो चरणमा नेपालमा खोप लगाएका १७ लाख ९१ हजारलाई दोस्रो डोज दिनका लागि खोपको उपलब्धता भने छैन।

नेपालमा पहिलो चरणमा भारत सरकारले अनुदान सहयोगमा १० लाख डोज उपलब्ध गराएको थियो। त्यस्तै नेपाल सरकारले भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरेको १० लाख खोप र कोभ्याक्स सुविधाबाट नेपालले प्राप्त गरेको तीन लाख ४८ हजार खोप गरी जम्म २३ लाख ४८ हजार डोज कोभिसिल्ड नेपालमा आएको छ। जसमध्ये झण्डै १८ लाख पहिलो र दोस्रो चरणमा खपत भइसकेको छ। अब बाँकी रहेको खोप दोस्रो डोजका लागि दिन थालिएको छ। तर, पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज दिनका लागि यो पर्याप्त छैन।

त्यस्तै चीनबाट सहयोग प्राप्त खोप अहिले १९ वर्षदेखि माथिकालाई दिन थालिएको छ। खोप आउने अझै निश्चित नहुँदा पहिलो डोज लगाएकाहरु दोस्रो डोजबाट बञ्चित हुने वा तोकिएको तीन सातादेखि चार साताको बीचमा लगाउन नपाउने सम्भावना बढेर गएको छ। यस्तोमा सबैको चासो दोस्रो डोज समयमा नै नलगाए के होला भन्ने छ।

नेपालमा हाल कोभिड-१९ विरुद्ध अक्सफोर्ड र अस्ट्राजेनेकाले विकास गरी भारतको सेरम इन्स्टिच्युटमा उत्पादन भएको कोभिसिल्ड, भारतको भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन, चीनको सिनोफार्मको भेरोसेल र रुसमा विकास र उत्पादन भएको स्पुतनीक भीलाई आपतकालीन प्रयोग अनुमति दिइएको छ। 

पहिलो चरणमा प्रयोगमा आएको कोभिसिल्डलाई भारतले निर्यातमा रोक लगाएको छ। अन्य खोप पनि आउने तत्काल सम्भावना छैन। 

कहाँ कति भ्याक्सिन वितरण?

अहिलेसम्म चार करोड ३४ लाख डोज भ्याक्सिन कोभ्याक्स सुविधामार्फत ११९ देश/तथा क्षेत्रमा वितरण भइसकेको छ।

बीबीसीको भिजुअल तथा डाटा जर्नालिजम टिमले विश्वभर भइरहेको खोप अभियानलाई गरेको ट्र्याकिङअनुसार हालसम्म विश्वभर १०० मा १२.५ जनालाई अर्थात ९७ करोड २९ लाख ९० हजार बढीलाई खोप दिइएको छ।

जसमध्ये सबैभन्दा बढी अमेरिकामा १०० मा ६५.५ जनालाई अर्था २१ करोड ८९ लाख बढीलाई खोप दिइएको छ। त्यस्तै युकेमा १०० मा ६६.५ जनालाई खोप लगाइसकिएको छ। अनुपातमा हेर्दा सबै भन्दा बढी भ्याक्सिन रोलआउट इजरायलमा छ। त्यहाँको जनसंख्या अनुपात हर्दे १०० मा ११९.९ पुग्ने खोप खपत भइसकेको छ। चिलीमा १०० मा ७१.८, हंगेरीमा ५१.८ रहेको छ। त्यही कतारमा १०० मा ४६.७ र बहराइनमा ६७.६ जनाले खोप प्राप्त गरेका छन्।

दक्षिण एसियामा सबैभन्दा बढी मालदिभ्समा १०० मा ६४.७ र भुटानमा ६२.१ जनालाई खोप उपलब्ध गराइएको छ।

त्यहाँको जनसंख्याको १०० मा अफगानिस्तानमा ०.६, खोप प्राप्त गर्ने जनसंख्या, भारतमा १०० मा ९.६, बंगलादेशमा ४.७ श्रीलंकामा ४.३ र पाकिस्तानमा ०.४ जनाले खोप प्राप्त गरेका छन्।  तथ्यांकअनुसार नेपालमा १०० जनामा ६.७ जनाले खोप प्राप्त गरेका छन्।

संख्यात्मक हिसाबले सबैभन्दा बढी खोप उपलब्ध गराउनेमा अमेरिका र चीन अगाडि छन्। अमेरिकामा २१ करोड ६० लाख डोज खोप वितरण भइसकेको छ। त्यस्तै चीनमा २० करोड ४० डोज वितरण भइसकेको छ। अर्को तर्फ भारत तेस्रो स्थानमा छ। भारतमा हालसम्म १३ करोड बढी डोज भ्याक्सिन लगाइसकेको छ।

युरोप, अमेरिका र एसियाका अधिकांश देशहरुमा खोप अभियान सुरु भइसक्दा अफ्रिकाका केही देशमा खोप अभियान सुरु हुन बाँकी छ।

हालसम्म सबैभन्दा बढी अक्सफोर्ड अस्ट्राजेनेकाको खोप १३० देख तथा क्षेत्रमा  पुगेको छ। त्यही फाइजरको ८४, मोर्डेनाको ३७, सिनोफार्माको ३५, स्पुतनिक भी २८ देशमा पुग्दा सिनोभ्याक २२ देशमा पुगेको छ। त्यस्तै जानसन ४, कानसिनो २ तथा इपीभ्याक कोरोना र कोभभ्याक्सिन (भारत बायोटेक) १/१ देशमा वितरण भइरहेको छ।

विश्वभरी इतिहासमै सबैभन्दा ठूलो खोप अभियान चलिरहँदा हालसम्म कोभिड-१९ विरुद्धका १० खोप प्रयोगमा आएका छन्। आपतकालीन रुपमा प्रयोगमा आएका यी खोपको माग भन्दा उत्पादनमा कमी हुँदा विश्वभर खोपको अभाव हुने देखिन्छ।

समयमै दोस्रो डोज नलगाए के हुन्छ?

हाल अधिकांश खोपको प्रभावकारिताका लागि दुई डोजका छन्। खोप अभाव हुँदा, पहिलो डोज लगाइसेकेपछि निर्धारित समयमा दोस्रो डोज प्राप्त नभए पनि आत्तिनु पर्दैन। खोप अभियानमा बिलम्ब हुनुको कारण वितरणमा अभाव हो- स्वास्थ्य प्रणाली खण्डित हुन तथा न्यून लगानी हुनु हो। यसकारण पनि पहिलो डोज लिइसकेका व्यक्तिहरुले दोस्रो डोज लिनका लागि सुझाव दिइएको तीन-चार साता भन्दा बढी कुर्नुपर्ने बाध्यता रहने देखिन्छ।

'यो कुनै समस्या होइन,' न्युयोर्कस्थित युनिभर्सिटी अफ रोचेस्टरका माइक्रोबायोलोजिस्ट तथा इम्युनोलोजिस्ट डेभिड टोपहामलाई उदृत गर्दै गाभीको आधिकारिक वेभसाइटमा क्याथरिन एलन फोलीले लेखेका छन्। 

विश्वव्यापी खोप अभियानमा सहजिकरण गरिरहेको तथा कोभ्याक्स सुविधामार्फत खोप वितरण गरिरहेको उक्त न्यूजरिपोर्ट अनुसार दोस्रो डोज ढिलाइ हुनु विपत्ति आइहाल्छ भन्ने होइन।  

फाइजर बायोएनटेकको क्लिनिकल ट्रायलमा सहभागीहरुले दोस्रो डोज २१ दिनमा र मोडर्नाको ट्रायलमा सहभागीहरुले २८ दिनमा लिएका थिए। अमेरिकी फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडीए)ले यी खोपलाई आपतकालीन प्रयोग अनुमति दिँदा दोस्रो डोज दिने अवधि तोकेको थिएन।

जनवरी २१ मा अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसीडी)ले दोस्रो डोज ४२ दिनपछि दिँदा हुने बताएको थियो। कुनै पनि नियमक निकायहरुले दोस्रो डोज लगाउने अवधिको विषयमा पर्याप्त तथ्यांकहरु छैन। सीडीसीले पनि यसलाई छुट दिएको छ। महत्त्वपूर्ण के हो भने दुबै डोज एउटै उत्पादकको भने हुनुपर्छ।

किन अधिकांश भ्याक्सिनको दुई डोज हुन्छ?

अहिले बजारमा उपलब्ध कोभिड-१९ विरुद्धको खोपका लागि दुई डोज आवश्यक छन्। एउटामात्र भ्याक्सिन जनसनको एक डोजले हुन्छ। तर पनि यो क्लिनिकल टेस्टिङमै छ। प्रभावकारिताका लागि दुई डोज भ्याक्सिन दिनुको अर्थ पहिलो डोजमा प्रतिरक्षा कोषिकाहरु सम्भावित खतराहरुको समना गर्छन्। उनीहरुले आफ्नो रक्षात्मक इन्जिनलाई परमार्जित गर्दै एन्टिबडी गियरमा आइपुग्नका लागि केही साता लाग्न सक्छ। त्यसैले पहिलो डोज भनेको 'प्रिमिङ डोज' हो। यसले शरीरलाई अभ्यस्त बनाउन सहयोग गर्छ। दोस्रो डोजलाई बुस्टिङ डोजको रुपमा लिइन्छ। शरीरका प्रतिरक्षा कोषिकाहरु खोपको प्रभावका बारेमा परिचित भइसकेका हुन्छ। र उनीहरुले अझ राम्रोसँग सुरक्षा प्रदान गर्नका लागि एउटा राम्रो लय पकड्न आवश्यक हुन्छ। दोस्रो डोजले यसलाई सहयोग गर्दै प्रतिरक्षाका लागि बलियो बनाउँछ।

शरीरमा एन्टिबडी बनाउने सेललाई बीसेल भनिन्छ। बीसेलले डोजहरुको अवधिको बीचमा धेरै काम  गरिरहेको हुन्छ। यदि बी सेललाई पहिलो र दोस्रो डोजको बीचमा पर्याप्त अवधि भएन भने उनीहरुले उत्पादन गर्ने प्रतिरक्षा प्रणाली बलियो हुँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell