PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

वीरगंजमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु



राधेश्याम पटेल

वीरगंजमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु
प्रतीकात्मको फोटो

वीरगंज : वीरगंजमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा ४ जना महिला र १ जना पुरुष रहेका छन्।

वीरगंजको नारायणी अस्पतालमो ४ जनाको र १ जनाको नारायणी बयोधामा मृत्यु भएको हो। ५ जना मध्ये १ जना बाराका छन् भने बाँकी ३ जना वीरगंज महानगरका र एक जना पर्साको बहुदरमाई नगरपालिकाको रहेको बताइएको छ।

सोमवार बिहान साढे ९ बजे नारायणी अस्पतालमा वीरगंज ६ आदर्शनगरका ६० वर्षीय वृद्धको मृत्यु भएको थियो भने साँझ ६ बजे नारायणीमै बहुदरमाई नपा ७ की ४५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भयो। त्यसैगरी, राति सवा १ बजे वीरगंज ६ कै ४० वर्षीया महिलाको नारायणीमै मृत्यु भयो। मंगलवार बिहान ३ बजे वीरगंज २५ श्रीसियाकी ६५ वर्षीया वृद्धाको नारायणी अस्पतालमा मृत्यु भएको छ। त्यसैगरी, वीरगंज गण्डकस्थित नारायणी बयोधा अस्पतालमा वीरगंज ८ की ३८ वर्षीया महिलाको हिजो साँझ पौने ६ बजे मृत्यु भएको जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साका सूचना अधिकारी एवं जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले जनाए।

जिल्ला संकट व्यवस्थापन केन्द्र र वीरगंज महानगरको लापारवाही तथा पूर्व तयारीमा उदासीनता देखाउँदा संक्रमण दर उच्च रहेको र उपचार सम्भव नभएकोले वीरगंजमा अगामी दिन मृत्युदर बढ्न सक्ने नारायणी अस्पतालकै चिकित्सकहरु बताउँछन्। पछिल्लो दिनहरुमा कोभिड-१९ संक्रमणका कारण वीरगंज र भरतपुर गरी, पर्सा, बारा, सर्लाही र भारतीय गरी १८ जनाको मृत्यु भइसकेको छ। प्रदेश २ मा मात्र २२३ जनाको मृत्यु भइसकेको छ। जसमा पर्सामा दुई जना भारतीयसहित ६२ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell