PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

यो वर्ष पनि 'ल्हुती पुन्ही' मा सुनसान बन्यो बाइसधारा



यो वर्ष पनि 'ल्हुती पुन्ही' मा सुनसान बन्यो बाइसधारा

काठमाडौं : आज ल्हुती पुन्ही अर्थात् बालाजु बाइसधारा मेला। हरेक वर्ष चैत शुक्ल पूर्णिमाको दिन बालाजुस्थित बाइसधारामा मेला जात्रा लाग्ने गर्छ। त्यहाँ रहेको २२ वटा धारामा स्‍नान गर्न भक्तजनहरुको घुँइचो लाग्ने गर्छ। बालाजु चोकदेखि बाइपाससम्म मानिसहरुको ठेलमठेल हुन्थ्यो।

तर, कोभिड १९ संक्रमणका कारण गत वर्ष बाइसधारा मेला आयोजना भएन। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण मेला स्थगित गरिएको थियो। स्थानीयका अनुसार बालाजु बाइसधारा मेला सम्भवत पहिलोपटक रोकिएको थियो। यो वर्ष मेला आयोजना गर्ने तयारी भएपनि काठमाडौंमा कोरोना संक्रमण फेरि बढ्दै गएपछि बाइधारा मेला स्थगित गरिएको छ।

बाइसधारामा सर्वसाधरणलाई प्रवेश रोक लगाइएको छ। दर्शनार्थीहरु बालाजु बाइसधारा उद्यान बाहिरैबाट पूजा गरिरहेका छन्।

गत वर्ष बालाजुमा श्वेत गणेशको जात्रा पनि विधिवत पूजा मात्रै गरी सकाइएको थियो। तर यसपटक खट जात्रा भने संचालन गरिएको छ।   

आजको दिन बिहानै नागर्जुन वनमा रहेको जामाचो डाँडामा पुगेर बालाजु फर्की बाइसधारामा स्नान पनि गर्ने परम्परा रहेको थियो। करिब दुई दशक अघिसम्म बालाजुका सबै ढुंगेधारामा मुहानबाटै पानी आउने गर्थ्यो। राजाहरु बुढानीलकण्ठ जान नहुने भएकाले त्यही नै बाल बुढानीलकण्ठ स्थापना गरिएको थियो। पछि महानगरपालिका अन्तर्गत बालाजु बाइसधारा उद्यानका रुपमा पूरै क्षेत्र पार्कको रुपमा विकसित गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell