PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

अक्सिजन एक्सप्रेस : रेलबाट दिल्लीमा यसरी ल्याइँदैछ 'श्वास'



अक्सिजन एक्सप्रेस : रेलबाट दिल्लीमा यसरी ल्याइँदैछ 'श्वास'
Photo : ANI

भारतको राजधानी नयाँ दिल्ली यतिखेर कोभिड १९ संक्रमणको कहरमा छ। संक्रमितको संख्या वृद्धी हुँदै गर्दा अस्पतालहरुमा अक्सिजनको अभाव छ। सरकारी र निजी अस्पतालहरु अक्सिजन बिहिन हुने संघारमा छन्। कयौं अस्पतालमा अक्सिजन नहुँदा कोभिड बिरामीको मृत्यु भएको छ। स्थानीय संचारमाध्यमका अनुसार अक्सिजन उपलब्ध नहुँदा 'श्वासप्रश्वास' मा समस्या भएका संक्रमितहरु धेरै प्रभावित भएका छन्। राज्य सरकार र केन्द्र सरकार अहिले अक्सिजन जोहो गर्न लागिपरेको छ। अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई 'श्वास' दिन अक्सिजन सिलिन्डर लिन आफन्तहरु लाइनमा बसिरहेका छन्। 

दिल्लीमात्र नभइ अन्य राज्यहरुमा समेत अक्सिजन उपलब्ध हुन सकेको छैन। तर, सबैभन्दा बढी प्रभाव दिल्लीमा परेको हो। अस्पतालहरुमा केही घण्टाको लागि मात्र अक्सिजन उपलब्ध भएपछि उनीहरु अक्सिजनको माग गर्दै अदालतसमेत पुगेका थिए। अदालतले अक्सिजन उपलब्ध गराउनु केन्द्र र राज्य सरकारको दायित्व भएको आदेश दिएको थियो।

सम्बन्धित समाचार : 'श्वास' सकिएको राजधानी दिल्ली

अहिले पनि दिल्लीमा अक्सिजनको अभाव छ। तर पहिलाभन्दा अवस्था सुधार हुँदै गएको बताइन्छ। विभिन्न राज्यबाट अक्सिजन ट्यांकहरु दिल्ली पुगिरहेका छन्। बिना कुनै रोकावट दिल्लीसम्म अक्सिजन पुर्‍याउन भारतीय रेलवेबाट 'अक्सिजन एक्सप्रेस' नै सुरु भएको छ। रेलमा अक्सिजनका ट्यांकहरु राखेर दिल्ली ल्याइँदैछ।

यी ट्यांकहरुलाई प्रहरीको निगरानीमा अस्पताल पुर्‍याउने क्रम जारी छ। छत्तीसगढबाट करिब ६५ टन लिक्विड मेडिकल अक्सिजन दिल्ली पुर्‍याइएको हो।

यस्तै, भारतलाई अमेरिका, बेलायत लगायतका देशहरुले समेत स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेको छ। केही राष्ट्रहरुले भारतलाई लिक्विड अक्सिजन उपलब्ध गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell