PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हार्डवेयर पसलमा छापा मार्दा पेस्तोल भेटियो



पहिलोपोस्ट

हार्डवेयर पसलमा छापा मार्दा पेस्तोल भेटियो

काठमाडौंः प्रहरीले कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ र  राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले एक हार्डवेयर पसलमा छापा मार्दा कुटुवा पेस्तोल फेला पारेको हो।

प्रहरीले सुनसरी इटहरी उपमहानगरपालिका बस्ने २३ वर्षीय सजित साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए। विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित वरुण धाडेवाको घरमा सटर भाडामा लिएर आरएम टेडर्स नामको हार्डवेयर सञ्चालन गर्दै आएका थिए।

प्रहरीले पेस्तोल सहित त्यसमा लाग्ने दुई थान गोली समेत बरामद गरेको छ। उनले हतियार किन राखे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell