PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चर्को घाममा खोपको प्रतीक्षा : बिहान ४:३० देखि थियो लाइन

चर्को घाममा खोपको प्रतीक्षा : बिहान ४:३० देखि थियो लाइन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : यो दृष्य हो, थापाथलीस्थित प्रसुती गृहको। कोभिड १९ विरुद्धको खोप लगाउन मानिसहरु बिहान सबेरैदेखि यहाँ लाइनमा थिए।
अस्पतालमा खोप लगाउन आएका मध्ये १ हजार जनाका लागि मात्र खोप निर्धारण गरिएको छ। बिहान ४:३० बजेदेखि आएर मानिसहरु लाममा बसेको भेटियो। 

अस्पतालले बिहान ८ बजेबाट टोकन दिन थालेको थियो। एक हजार जनाले टोकन पाएर खोप लगाइरहेका छन्। तर, कतिपय मानिसहरु भने खोप पाउने प्रतीक्षामा अझै पनि लाममा बसिरहेको भेटियो। चर्को घामका कारण लाम बस्नेहरुलाई सहज अवस्था छैन। 



ट्रेन्डिङ पोस्ट

Ncell