PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

राष्ट्रिय फुटसल टोलीको प्रशिक्षकमा गौरव बस्नेत



पहिलोपोस्ट

राष्ट्रिय फुटसल टोलीको प्रशिक्षकमा गौरव बस्नेत

काठमाडाैं : नेपाली राष्ट्रिय फुटसल टाेलीकाे प्रशिक्षकमा गाैरव बस्नेत नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरले बस्नेतलाई नियुक्ति पत्र दिएका हुन्।

एन्फा फुटसल कमिटीकाे सिफारिसमा बस्नेतलाई ६ महिनाका लागि नियुक्त गरिएकाे हाे।

बस्नेतले यसअघि राष्ट्रिय फुटसल टाेलीकाे सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका छन्। उनले एएफसी ए लाइसेन्स काेर्ष पूरा गरेका छन्। 'याे दायित्व पाउँदा म खुशी छु। मेराे पहिलाे प्राथमिकता नेपाली फुटसल टाेलीकाे स्तर अभिवृद्धि हुनेछ,' बस्नेतले भने। 

२०२२काे एएफसी फुटसल एसियन कप क्वालिफायर्समा नेपाली टिमकाे प्रशिक्षका रूपमा भूमिका निभाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell