PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

वीरगंजमा बिहीबारदेखि एक साताको लागि निषेधाज्ञा गर्ने डिसिसिएमसी निर्णय



राधेश्याम पटेल

वीरगंजमा बिहीबारदेखि एक साताको लागि निषेधाज्ञा गर्ने डिसिसिएमसी निर्णय

वीरगंजः जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) पर्साले आगामी बिहीबार (वैशाख १६ गतेदेखि २२) गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय,पर्साका प्रमुख पीताम्बर अधिकारी समक्ष निषेधाज्ञा सिफारिसको लागि निर्णय पठाइएको सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले बताए।

जिल्ला प्रशासन कार्यालय पर्साको सभा हलमा आज बसेको बैठकले पर्सामा कोरोना सङ्क्रमण नियन्त्रण गर्न  अन्य १० वटा निर्णय समेत गरेको छ।

जसमा आवश्यक दुई सय बेडको कोभिड अस्पताल सञ्चालन गर्न, आवश्यक दक्ष जनशक्ति तथा करारमा चार महिनाको लागि कर्मचारी नियुक्त गर्ने  निर्णय भएको छ।

भारतबाट रक्सौल–वीरगंज नाका हुँदै आउनेलाई होल्डिङ गर्न ठाकुर राम बहुमुखी क्याम्पसमा क्वारेन्टीन निर्माण गर्ने र त्यसपछि सम्बन्धित पालिकामा संक्रमणको शङ्का लागेका व्यक्तिलाई पठाई अनिवार्य रूपमा १० दिन क्वारेनटिनमा राख्ने निर्णय पनि बैठकले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell