PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कैलाली प्रहरीको हिरासतमा रहेका २० जना थुनुवामा कोरोना पुष्टि, कार्यालयमा कडाई



एम बम

कैलाली प्रहरीको हिरासतमा रहेका २० जना थुनुवामा कोरोना पुष्टि, कार्यालयमा कडाई

कैलाली : जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका २० जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यालयका प्रहरी नायव उपरीक्षक भरत चौधरीका अनुसार ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो।

उनले थुनुवामा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयमा कडाई गरिएको बताए। ‘प्रमुख जिल्ला अधिकारीको निर्देशनअनुसार विगतमा कार्यालयमा हुने भीड नियन्त्रण गरेका छौं,’ उनले भने, ‘विगतमा एउटै कामका लागि ४/५ जना आउने गरेका थिए। अहिले एक जनालाई मात्रै प्रवेश गर्न दिएका छौं।’

हिरासतमा रहेका अन्य थुनुवाहरको पनि पीसीआर परिक्षणको तयारी भइरहेको चौधरीले बताए। साथै थुनुवाहरुको सम्पर्कमा आएका प्रहरीहरको पनि कोरोना परिक्षण गरिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell