PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फेरि बन्यो काठमाडौंमा खुल्ला आकाशमुनि 'हिरासत', मास्क नलगाई हिंड्नेलाई प्रहरीले समात्दै उभ्याउँदै

फेरि बन्यो काठमाडौंमा खुल्ला आकाशमुनि 'हिरासत', मास्क नलगाई हिंड्नेलाई प्रहरीले समात्दै उभ्याउँदै

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः तपाई अहिले काठमाडौं विभिन्न चोकमा निस्किनु भयो भने डोरीले बेरेर राखेको खुल्ला ठाउँ देख्नुहुन्छ। अनि कागजमा 'होल्डिङ एरिया' भनेर लेखिएको हुन्छ। तर सुरक्षाकर्मीहरू यसलाई ख्यालठट्टामा खुल्ला आकाश मुनिको हिरासत समेत भन्छन्।

यो 'हिरासतमा' पर्नु भयो भने पनि कुनै अदालतमा मुद्दा नै चाहिँ जाँदैन। प्रहरीले केही घण्टा भने तपाईंलाई सडकमै 'होल्ड' भने गर्नेछ। अनि तपाइको 'अपराध' हुने छ- मास्क नलगाई हिँडेको।

कोभिड १९ सङ्क्रमण बढेपछि स्थानीय प्रशासनले कडाइ गरेको छ। त्यसैले प्रहरीले मास्क नलगाई हिंडनेलाई देखेमा समातेर यही होल्डिङ क्षेत्रमा राख्छ। अनि केही समय राखेपछि सम्झाएर छोड्ने गरेको छ। २०७७ चैत ११ गते सरकारले जारी गरेको लकडाउनको समयमा सडकमा निस्किएका मानिसलाई यसरी नै राख्ने गरेको थियो।

' अहिले चाहिँ हामीले मास्क नलगाई हिँडेकालाई यसरी राख्ने गरेका हौँ,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले भने।

काठमाडौं भित्र प्रहरीले मङ्गलवार मात्र ३८ वटा होल्डिङ् एरिया बनाएको थियो। जसमा सोमबार ११ सय ९६ जना परे। ८ सय ८१ जना पुरुष र ३ सय १५ जना महिलालाई मास्क नलगाई हिँडेको भन्दै नियन्त्रणमा लिएर राखेको एसपी बस्नेतले जानकारी दिए।

स्थानीय प्रशासनले बिहीबारबाट काठामाडौं उपत्यका भित्र निषेधाज्ञा जारी गरेको छ। बिहीबारबाट प्रहरी थप सक्रिय हुने भएको छ।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell