PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

बिदामा बसेका स्वास्थ्यकर्मीलाई हाजिर हुन स्वास्थ्य मन्त्रालयको निर्देशन



पहिलोपोस्ट

 बिदामा बसेका स्वास्थ्यकर्मीलाई हाजिर हुन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालय। फाइल फोटो

काठमाडौं : स्वास्थ् तथा जनसंख्या मन्त्रालयले विदामा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तुरुन्त कार्यालयमा हाजिर हुन भनेको छ। कोभिड-१९ संक्रमणको दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने कोभिड-१९ संक्रमित बिरामीको उचित एवम् प्रभावकारी उपचार व्यवस्थापनका लागि लागि सरकारको निमित्त सचिवस्तरीय बैठकबाट कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने यस अघि लामो बिदामा बसेका कर्मचारीहरुलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्ने निर्णय गरेको हो। 

साथै स्वास्थ्य संस्थाहरुमा कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरि सेवा दिने व्यवस्था गर्न समेत स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ। 

साथै बैठकले अस्पतालको स्वीकृत दरवन्दी अनुसार कुनै पद रिक्त रहेको भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न,  स्वीकृत जनशक्ति भएमा बढी जनशक्ति आवस्यक भएमा ६ महिनाको लागि करार सेवा लिन समेत मन्त्रालयले निर्देशन दिएको हो। 

जनशक्ति व्यवस्थापन गर्न तत्काल सूचना प्रकाशित गरि पहिला आउनेले छनौटमा अग्राधिकार पाउने आधारमा जनशक्ति व्यवस्थापन गरि सो को जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनसमेत मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई भनेको छ। 

अस्पताल शैया जनशक्ति, कोभिड-१९ संक्रमित बिरामीहरुको संख्या आदिका आधारमा अस्पतालले बहिरङ्ग सेवा, इलेक्टिम सर्जरीलगायतका सेवा हाललाई स्थगित गर्ने तर आकस्मिक उपचारको भने सनिस्चितता गर्ने गरी ब्यवस्था मिलाउन मन्त्रालयले अस्पतालहरुलाई भनेको छ। सघन उपचार तथा आकस्मिक उपचार सम्बन्धि आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था गर्नसमेत मन्त्रालयले भनेको छ। 

यसैबीच सरकारले पच्चीस देखि दुई सय बेड क्षमता भएका सरकारी, सामुदायिक, गैरसरकारी र निजी अस्पतालसँग सङ्क्रमितको उपचारका लागि सम्बन्धित प्रदेशको सामाजिक विकास मन्त्रालयले सेवा सम्झौता गर्ने, अनुगमन गर्ने र सोधभर्ना भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिस गरी पठाउने गरी उपचार व्यवस्थापन गर्न अनुरोध गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell