PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

केन्द्रदेखि वडा तहसम्मका कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने माओवादीको प्रस्ताव, विधान संशोधन मस्यौदा केन्द्रीय कमिटीमा



पहिलोपोस्ट

केन्द्रदेखि वडा तहसम्मका कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने माओवादीको प्रस्ताव, विधान संशोधन मस्यौदा केन्द्रीय कमिटीमा

काठमाडौंः नेकपा (माओवादी केन्द्र) ले पार्टीको विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीमा पठाएको छ। मंगलबारको स्थायी कमिटी बैठकले तत्कालीन एमाले र माओवादी केन्द्र फरक फरक दल हुने सर्वोच्चको फैसलापछि विधान संशोधन प्रक्रिया अघि बढाएको थियो। स्थायी कमिटीबाट अनुमोदन भएको विधान केन्द्रीय कमिटी पठाएको हो। केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा पठाउने निर्णय भएको बताए।

श्रेष्ठका अनुसार अब केन्द्रीय कमिटीदेखि वडा तहसम्मका सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य हुनेगरि प्रस्ताव गरिएको छ। केन्द्रीय कमिटीमा उत्पीडित दलित समुदायबाट कम्तीमा १५ प्रतिनिधित्व हुनेछ। साथै, प्रदेश जिल्ला र पालिका समितिमा त्यहाँको जनसंख्यामा दुई प्रतिशत थप गरी दलित समुदायको अनिवार्य प्रतिनिधित्व गराउने व्यवस्था संशोधित विधानमा रहेको प्रवक्ता श्रेष्ठको भनाई छ। 

यस्तै, पार्टीका सबै समितिमा ४० वर्षका उमेर समूहका युवाको २० प्रतिशत सहभागिता हुनेछ। पार्टीका सबै समितिका पदाधिकारी तहमा एक जना महिला अनिवार्य गरिएको छ।

कुनै पनि समितिको कार्यकारी पदमा उमेर हद र कार्यकारी सीमा राख्ने वा नराख्ने विषयमा पनि सबैसँग सुझाव माग गर्ने निर्णय बैठकले गरेको छ। हालको जिल्ला समितिलाई जिल्ला समन्वय समितिका रुपमा अघि बढाउनेबारे पनि छलफल अघि बढाउने निर्णय भएको छ। यसबारेमा सबैसँग सुझाव समेत माग गरिएको छ।

बैठकले कोभिड–१९ का विषयमा पनि छलफल गरेको छ। निजी अस्पतालसँगको समेत परामर्शमा कोभिडको डेडिकेटेड अस्पतलाको व्यवस्थ गर्न सरकारसँग माओवादीले केन्द्रले माग गरेको छ। कोरोना नियन्त्रणका लागि आवश्यक सामाग्रीको व्यवस्थापनका लागि पनि बैठकले माग गरेको छ। कोरोनाबाट दैनिकी चलाउन कठिन हुने निम्न आय भएका व्यक्तिलाई राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ। कोभिडलाई जनता आतंकित बनाउने र राजनीतिक उदेश्य पूर्ति गर्नेतर्फ नलगाउन पनि माओवादीले चेतावनी दिएको छ। कोरोनासँग जुध्न सर्वदलीय राजनीतिक संयन्त्रणको प्रस्ताव पनि माओवादीले गरेको छ।

एमसीसीका विषयमा कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको भन्ने विषय भ्रमपूर्ण रहेको भन्दै बैठकमा खण्डन गरिएको पनि प्रवक्ता श्रेष्ठले बताए। बैठकले क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण प्रक्रियालाई अघि बढाउन व्यापक छलफलको निर्णय पनि गरेको छ। सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थिति र विकसित घटनाक्रमबारे बैठकमा जानकारी गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell