PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

काठमाडौं रेजर्समाथि १० खेलाडीमा सीमित धनगढीको सानदार जित

काठमाडौं रेजर्समाथि १० खेलाडीमा सीमित धनगढीको सानदार जित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा धनगढी एफसीले काठमाडौं रेजर्समाथि सानदार जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढी एफसीले ३-० को सहज जित निकालेको हो।

धनगढीको जितमा ओलावाले आफिजले दोहोरो गोल गर्दा टंक बस्नेतले १ गोल गरे। तीनै गोल पहिलो हाफमा भएको थियो।

खेलको १९ औं मिनेटमा टंक बस्नेतले गोल गर्दै खेलमा अग्रता बनाएका थिए भने बाँकी दुई गोद २३ औं मिनेटमा र पहिलो हाफको इन्ज्युरी समयमा ओलावाले आफिजले गरेका थिए। दोस्रो हाफमा धनगढीका रमेश दंगाल रेड कार्ड खाँदै बाहिरिँदा धनगढी १० खेलाडीमा सीमित भएको थियो। उनले खराब ट्याकल गरेपछि खेलको ६८ मिनेटमा रेडकार्ड खाँदै बाहिरिएका थिए।

जारी प्रतियोगितामा धनगढीको पहिलो जित हो भने काठमाडौंको पहिलो हार हो। धनगढी पहिलो खेलमा विराटनगर सिटीसँग ३-० ले पराजित भएको थियो। त्यस्तै, काठमाडौं रेजर्सले प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर सिटी एफसीमाथि १-० को संघर्षपूर्ण जित निकालेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell