PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

‘कांग्रेस बल्लबल्ल तयार भएको छ, जसपाले निर्णय गरेपछि अविश्वासको प्रस्ताव अघि बढ्छ’



पहिलोपोस्ट

‘कांग्रेस बल्लबल्ल तयार भएको छ, जसपाले निर्णय गरेपछि अविश्वासको प्रस्ताव अघि बढ्छ’

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) ले निर्णय लिन ढिलाइ गर्दा प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव अघि बढ्न नसकेको नेकपा (माओवादी केन्द्र) ले जनाएको छ। मंगलबार स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव अघि बढाउन नेपाली कांग्रेस बल्लतल्ल तयार भएको तर जसपाले निर्णय लिन नसकेको बताए। 

प्रस्ताव अघि बढाउनेबारे माओवादी स्पष्ट रहेको बताउँदै उनले वर्तमान सरकारको चाँडोभन्दा चाँडो विकल्प खोजी हुनुपर्ने पक्षमा रहेको पनि बताए। 
श्रेष्ठले भने, ‘नेपाली कांग्रेस बल्लबल्ल तयार भएको छ, अब जसपाले निर्णय गरेपछि अविश्वासको प्रस्ताव अघि बढ्छ। हामी यसबारेमा स्पष्ट छौं।’

वर्तमान सरकारलाई विस्थापित गरेर संविधानको रक्षा गर्न आवश्यक भएको पनि उनले बताए। संविधानको रक्षा गरी प्रतिगमनविरुद्ध लड्नका लागि सरकार फेरबदल आवश्यक रहेको श्रेष्ठको भनाई छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell