PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

काठमाडौंमा निषेधाज्ञा : विवाहको २ वटासम्म सवारी साधनको लागि अनुमति लिनु नपर्ने



पहिलोपोस्ट

काठमाडौंमा निषेधाज्ञा : विवाहको २ वटासम्म सवारी साधनको लागि अनुमति लिनु नपर्ने

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाका व्यवस्थाहरुमा केही परिमार्जन गरेको छ। प्रशासनले सोमवार जारी गरेको निषेधाज्ञाका व्यवस्थाहरुमा केही परिमार्जन गरेको हो।

जस अन्तर्गत अत्यावश्यक सेवाहरुमा कुरियर तथा डाँक सेवा थप गरिएको छ। खाद्य सामग्री अन्तर्गतको व्यवस्थामा डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। यसअघि, बिहान १० बजेदेखि बेलुका ५ बजे सम्म सञ्चालन गर्न भनिएको थियो।

त्यस्तै, बैंक तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरु सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न दिने व्यवस्था गरिएको छ।

परिमार्जित आदेशमा भनिएको छ, ‘विवाह तथा व्रतबन्ध आयोजनाको लागि १५ जनासम्मका सहभागी (दुलाहा दुलही सहितका) हरुले ब्यानर सहितका २ वटा सम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने तर उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यलयबाट जारी अनुमति पास लिनुपर्ने।’

यसैगरी, मृत्यु संस्कार र बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त व्यहोरा खल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिस) सहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेश गर्नुपर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell