PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सडकमा दोहोरिएको दृश्यः कोभिड कहरले शहर छाड्नेको घुइँचो, भरिभराउ बसमा छैन स्वास्थ्य मापदण्ड

सडकमा दोहोरिएको दृश्यः कोभिड कहरले शहर छाड्नेको घुइँचो, भरिभराउ बसमा छैन स्वास्थ्य मापदण्ड

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले बिहीबारबाट निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा घोषणासँगै फेरि गत वर्ष लकडाउन गर्नुपूर्वको दृश्य दोहोरिएको छ। हाललाई प्रशासनले बैशाख १६ गते देखि २२ गतेसम्म मात्रै निषेधाज्ञा जारी गरेको छ। मन्त्रिपरिषद् बैठकले अझै थप एक हप्ता निषेधाज्ञा गर्न निर्देशन दिएकोमा जेठसम्म निषेधाज्ञा कायम रहने देखिन्छ। लगत्तै जनजीवन सामान्य हुने र निषेधाज्ञा खुल्ने ग्यारेन्टी छैन। त्यसैले मानिस काठमाडौं छाड्दै गाउँ फर्किरहेका छन्।

वैशाख १० गतेदेखि सोमबारसम्म १ लाख ७८ हजार ८ सय जनाले काठमाडौं उपत्यका छोडेका छन्। आज दिउँसोसम्म नै करिब ५० हजार मानिसले उपत्यका छोडेको प्रहरीको आङ्कलन छ।

रातिको समयमा काठमाडौं छाड्नेको संख्या पनि उच्च छ। अहिले काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगाबाट घर फर्किनेहरुको राति घुँइचो लागेको छ। काठमाडौं छाड्न कंलकीमा बस चढ्न मानिसहरुको लाम लागेको छ। बालबालिका, महिला वृद्धवृद्धा बसको पर्खाइमा छन्। सिट नहुँदा यात्रुहरु उभिएर नै गन्तव्यतिर जाँदैछन्। बस बिसौनीमा भौतिक दूरी पालना हुने सम्भावना छैन। बस नपाउनेहरु पैदल नै यात्रा तय गरिरहेका छन्। स्कुटर र बाइकमा समेत काठमाडौं छाड्नेको लर्को छ। जसकारण कलंकी क्षेत्रमा सवारी जाम बढेको छ। 

स्थानीय प्रशासनले घर फर्किन र काठमाडौं आउन दुई दिनको समय दिएको छ। पहिलो दिन नै हजारौंको संख्यामा मानिसहरुले काठमाडौं छाडेका छन्। बुधबार पनि यो क्रम जारी रहेनछ।

यसरी रातमा यात्रा गर्नेहरुमा धेरै जसो मजदुरहरु रहेका छन्। घर फर्किनेहरुमा बारा, पर्सा लगायतका क्षेत्रबाट काठमाडौं आएर मजदुरी गर्नेहरुको संख्या धेरै छ। यस्तै, पहाडी जिल्लामा पनि धेरै मानिसहरु फर्किरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell