PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

चीनले नेपाललाई थप सवा ९ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने, इमर्जेन्सी सप्लाइ रिजर्भ बनाउने प्रस्ताव



पहिलोपोस्ट

चीनले नेपाललाई थप सवा ९ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने, इमर्जेन्सी सप्लाइ रिजर्भ बनाउने प्रस्ताव

काठमाडौं: कोभिड-१९ विरुद्धको लडाइमा चीनले नेपाललाई थप पाँच मिलियन आरएमबी (९ करोड १९ लाख ८४ हजार ५३३) बराबरको स्वास्थ्य सामाग्री अनुदान सहयोग उपलब्ध गराउने भएको छ। 

चिनियाँ विदेशमन्त्री वाङ यीले आयोजना गरेको दक्षिण एसियका देश पाँच देशहरु अफगानिस्तान, पाकिस्तान, नेपाल, बंगलादेश र श्रीलंकाका विदेशमन्त्रीहरुसँगको भिडियो कन्फ्रेन्सका क्रममा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

कन्फ्रेन्समा महामारी पछिको आर्थिक पुन: उत्थानका विषयमा छलफल भएको थियो। त्यस्तै कोभिड-१९ विरुद्धको खोपको साझेदारीको विषयमा पनि छलफल भएको थियो। कन्फ्रेन्समा नयाँ दिल्लीको उपस्थिति नभए पनि दिल्लीलाई पनि सहयोग गर्ने प्रतिवद्धता चीनले ब्यक्त गरेको ग्लोबल टाइम्सले जनाएको छ। 

भिडियो कन्फ्रेन्समा सहभागी देशका विदेशमन्त्रीहरुले चाइना-साउथ एसिया इमरजेन्सी सप्लाइ रिजर्भ निर्माणका लागि सहमत भएका छन्। यस क्षेत्रको ठूलो खोप उत्पादक भारतबाट खोपको निर्यातमा रोक लगाएपछि खोपको 'सप्लाइ चेन'  भत्किएको भन्दै सप्लाइ चेनलाई सुधार गर्न चीनले पहल गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको छ। 

कन्फ्रेन्समा चिनियाँ विदेशमन्त्री यीले चीन कुनै पनि देशको आन्तरिक मामिलामा वाह्य हस्तक्षेपलाई अस्वीकार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। 

चीनले कोभिड-१९ जस्तो महामारीका बेला स्वास्थ्य सामाग्री अभाव हुन नदिन तथा क्षमता बढाउनका लागि रिर्जभको प्रस्ताव गरेको थियो। साथै उसले खोपको साझेदारीमा जोड दिँदै कुनै पनि 'खोप राष्ट्रवाद'को विरोध गर्ने जनाएको छ। 

साथै कन्फ्रेन्सका क्रममा जनसम्बन्धलाई समेत मन्त्रीहरुले जोड दिएका छन्। चिनियाँ मन्त्री यीले कन्फ्रेन्समा सहभागिताका लागि भारतलाई समेत निम्ता दिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell