PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

आईपीएल : रोमाञ्चक खेलमा दिल्लीविरुद्ध बेङ्ग्लोरको १ रनको जित



पहिलोपोस्ट

आईपीएल : रोमाञ्चक खेलमा दिल्लीविरुद्ध बेङ्ग्लोरको १ रनको जित
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलवार भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्समाथि जित निकालेको छ। अहमेदावादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले दिल्लीमाथि १ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७० रन मात्रै बनाउन सक्यो।

बेङ्ग्लोरका लागि एबी डिभिलियर्सले सर्वाधिक ७५ रन बनाउँदा रजत पतिदरले ३१ रन बनाए। त्यस्तै, ग्लेन म्याक्सवेलले २५, देवदत पाड्डिकलले १७ र कप्तान विराट कोहलीले १२ रन जोडे। दिल्लीका लागि इशान्त शर्मा, कगिसो रबाडा, अभेश खान, अमित मिश्रा र अक्षर पटेलले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरका लागि कप्तान रिशब पन्तले अविजित रहँदै सर्वाधिक ५८ रन बनाउँदा शिम्रोन हेडमायरले ५३ रन जोडे। त्यस्तै, मार्कस स्टोइनिसले २२ र पृथ्वी शले २१ रन बनाए। बेङ्ग्लोरका हर्शल पटेलले २ तथा मोहाम्मेद सिराज र कायल जेमिसनले एक/एक विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell