PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

बराबरीमा रोकिए चेल्सी र रियल मड्रिड



पहिलोपोस्ट

बराबरीमा रोकिए चेल्सी र रियल मड्रिड

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिड बराबरीमा रोकिएका छन्। स्टेडियो अल्फ्रेडो डी स्टेफानो सम्पन्न सेमिफाइनलको पहिलो लेगको खेलमा घरेलु टोली रियल मड्रिड र चेल्सी १-१ को बराबरीमा रोकिएका हुन्।

खेलको १४ औं मिनेटमा क्रिस्टियन पुलिसिकको गोलमा चेल्सीले अग्रता बनाएको थियो। तर २९ औं मिनेटमा मड्रिडका करिम बेञ्जेमाले गोल गर्दै खेल बराबरीमा ल्याए। र, पहिलो हाफ बराबरीमा रोकियो। दोस्रो हाफमा दुबै टिमले गोल थप्न नसक्दा खेल १-१ को बराबरीमा रोकियो।

यी दुई टोली बीच दोस्रो लेगको खेल मे ६ मा चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell