PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

नारायणी अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु



राधेश्याम पटेल

नारायणी अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजको नारायणी अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। आइसियुमै उपचारको क्रममा मंगलबार साँझ ७:४० बजे पर्सा,पोखरीया नपा-२ का ७२ वर्षका वृद्धको मृत्यु भएको हो। सोमवार अस्पताल भर्ना भएका ती वृद्धको एन्टिजेन परिक्षणमा पोजेटिभ देखिएको थियो। उच्च रक्तचापका विरामीलाई कडा निमोनिया भएकोले श्वासप्रश्वासमा समस्या रहेको थियो।

त्यसैगरी सर्लाही धनगढा - ४ का ४३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। उनी एन्टिजेनमार्फत कोरोना पोजेटिभ देखिएपछि हिजोमात्र अस्पताल भर्ना भएका थिए। बुधवार बिहान १:४० बजे उनको मृत्यु भएको अस्पतालले जनायो। यता बाराकी ३० वर्षीया महिलाको पनि गए राति मृत्यु भएको छ। सोमवार पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएका उनी सोही दिन अस्पताल भर्ना भएकी थिइन्। स्वर्ण नगरपालिका वडा ७ की उनमा निमोनियाजस्ता समस्याहरु रहेको अस्पतालाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell