PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बागमतीमा मन्त्रिपरिषद् विस्तारको तयारी, को को बन्दैछन् मन्त्री?



निशा गुरुङ

बागमतीमा मन्त्रिपरिषद् विस्तारको तयारी, को को बन्दैछन् मन्त्री?

हेटौंडा : बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेशको मन्त्रीहरु हेरेफेर गर्न लागेको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ। तर मुख्यमन्त्री सचिवालयलाई कसलाई कुन मन्त्रालय दिने विषयमा टुंगो लागि नसकेको सचिवालय सदस्य सन्तोष पौडेलले जानकारी दिए।

नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा १० पुसमा तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै सरकारबाट बाहिरिएको थियो। सरकारबाट बाहिरिँदा तत्कालीन आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए।

करिब चार महिना मन्त्रीविहिन रहेको मन्त्रालयको जिम्मेवारी सत्तारुढ नेकपा एमाले ओली पक्षका सांसदलाई दिइने भएको छ। पार्टीको केन्द्रीय कमिटीबाट मन्त्री नियुक्तका लागि आजै नाम टुंगिने र अपराह्न ४ बजे सपथ ग्रहण गराइने स्रोतले जनाएको छ।

मन्त्रीका लागि नेकपा एमाले बागमती संसदीय दलका प्रमुख सचेतक केशव पाण्डे, सिन्धुपाल्चोकका सरेश नेपाल, काभ्रेका चन्द्र लामाको नाम चर्चामा छ। यी तीन जना मन्त्री बन्ने पक्का भए पनि कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिइनेबारे थप छलफल भइरहेको मन्त्री बन्ने दौडमा रहेका प्रमुख सचेतक पाण्डेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell