PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

आईसीयूमा उपचाररत कोरोना संक्रमित उच्च अदालतका न्यायाधीश भट्टराईलाई काठमाडौं लगियो

आईसीयूमा उपचाररत कोरोना संक्रमित उच्च अदालतका न्यायाधीश भट्टराईलाई काठमाडौं लगियो

पहिलोपोस्ट /पहिलोपोस्ट


कञ्चनपुर : कोभिड १९ बाट संक्रमित उच्च अदालत दिपायल-महेन्द्रनगर इजलासका न्यायाधीश कृष्णलाल भट्टराईलाई काठमाडौं लगिएको छ।

महाकाली उप-प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत भट्टराईलाई बुधवार विहान हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित नारायणथानको कोभिड १९ अस्पताल लगिएको अधिवक्ता प्रकाश पाण्डेले जानकारी दिए। उनका अनुसार एक साताअघि संक्रमित भएका न्यायाधीश भट्टराईको स्वास्थ्य अवस्था स्थिर छ।

‘फोक्सोमा समस्या देखिएको छ। अक्सिजनबाट बाहिर राख्दा समस्या छ। फोक्सोमा इन्फेक्सन हुनसक्ने आशंकाबिच थप उपचारका लागि काठमाडौं लगिएको हो,’ अधिवक्ता पाण्डेले भने।

संक्रमण पुष्टि भएपछि न्यायाधीश भट्टराई एक सातादेखि महाकालीको आईसीयू कक्षमा उपचाररत थिए।

सबै तस्विर : प्रकाश पाण्डे



ट्रेन्डिङ पोस्ट

Ncell