PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

कर्णालीमा फ्लोर क्रस गर्ने मन्त्रीले लिए सपथ



पी बी खड्का

कर्णालीमा फ्लोर क्रस गर्ने मन्त्रीले लिए सपथ

सुर्खेत : कर्णाली प्रदेशमा तीन मन्त्रीले पुनः पद तथा गोपनियताको सपथग्रहण गरेका छन्। फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिएका एमालेका तीन जनाले पुनः शपथ लिएका हुन्।

भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधवार फेरि सपथ खुवाएका हुन्।

यसअघि एमालेको सांसदका हैसियतले सपथ खाएका तीनै जना दलको ह्वीप उल्लंघन गररेर फ्लोर क्रस गरेपछि पार्टीले निष्काशन गरेको थियो।

पार्टीबाट निष्काशित तीनै जनाले चैत ३ गते मुख्यमन्त्री शाहीको पक्षमा मत दिएका थिए। उनीहरुलाई चैत ४ गते नै मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका थिए। एमालेका चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए। उनीहरु चारै जनालाई पार्टीले निष्काशन गरिसकेको छ।

हाल कर्णालीमा माओवादी केन्द्रका मुख्यमन्त्री शाही सहित आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री तथा सामाजिक विकास मन्त्री विमला केसी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell