PahiloPost

May 15, 2026 | १ जेठ २०८३

फेरि शिवपुरी जङ्गलमा आगलागी, कसले लगायो आगो?



पहिलोपोस्ट

फेरि शिवपुरी जङ्गलमा आगलागी, कसले लगायो आगो?
फाइल फोटो

काठमाडौंः काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जङ्गलमा फेरी आगोलागी भएको छ।

आज दिउँसो लागोलागी भएको जानकारी पाएपछि नियन्त्रणको प्रयास भइरहेको छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र दमकल सहितको टोली शिवपुरी पुगेका छन्। बुढानीलकण्ठ नगरपालिका स्थित चण्डेश्वरी मन्दिर नजिकैबाट आगो सल्किएको हो।

' एकदमै भिरालो र बाक्लो सल्लाको पतकर भएको ठाउँमा आगलागी भएको छ। कसैले लगाएको हुनुपर्छ,' बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेलले भने।

गएको चैत २९ गते पनि जङ्गलमा आगोलागि भएको थियो। हेलिकप्टरको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। सुन्दरीजलबाट सिम्रिक एयरलाइन्सको हेलिकप्टरले आगलागी नियन्त्रणका लागि पानी ल्याएर खनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell