PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वाग्मती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले गरे सपथ ग्रहण



पहिलोपोस्ट

वाग्मती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले गरे सपथ ग्रहण

हेटौँडा : वाग्मती प्रदेशका नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले सपथ ग्रहण गरेका छन्। बुधवार अपराह्न ४ बजे प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले उनीहरुलाई पद र गोपनियताको सपथ खुवाएका हुन्।

वाग्मती प्रदेशका मुख्यन्त्री डोरमणी पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सुरेश नेपाललाई उद्योग, बन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नेकपा एमालेको एकल सरकार रहेको वाग्मतीमा १० पुसमा तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै सरकारबाट बाहिरिएको थियो। सरकारबाट बाहिरिँदा तत्कालीन आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन बन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए।

करिब चार महिना मन्त्रीविहिन रहेको मन्त्रालयको जिम्मेवारी सत्तारुढ नेकपा एमाले ओली पक्षका सांसदहरुले पाएका हुन्। 

छलफल नै नगरी मन्त्रिपरिषद् पुनर्गठन : अरुण नेपाल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आफूहरुसँग छलफल नै नगरी मन्त्रिपरिषद् पुनर्गठन गरिएको माधव नेपाल समूहका नेता अरुण नेपालले बताए। पार्टीभित्रको समस्या सबैलाई थाहा भएपनि सामान्य छलफलसमेत नगरी एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गरेकोमा माधव समूहले आपत्ति जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell