PahiloPost

May 15, 2026 | १ जेठ २०८३

परवानीपुर गोल्डकपको उपाधि वाग्मती युवा क्लब सर्लाहीलाई



पहिलोपोस्ट

परवानीपुर गोल्डकपको उपाधि वाग्मती युवा क्लब सर्लाहीलाई

वीरगंज : बाराको परवानीपुरमा आयोजित त्रिशक्ति सिमेन्ट प्रथम परवानीपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि वाग्मती युवा क्लब सर्लाहीले जितेको छ। आज भएको फाइनल खेलमा वीरगंज युथ एकेडेमीलाई १-० गोलले हराउँदै वाग्मती युवा क्लबले उपाधि जितेको हो।

वाग्मतीका लागि सागर शाहीले दोस्रो हाफको १० मिनेट खेल बाँकी रहँदा गरेको गोल नै निर्णायक बन्यो। उपाधिसँगै वाग्मती युवा क्लबले नगद १ लाख रुपैयाँ पुरस्कार हात पारेको छ भने उपविजेता वीरगंज युथ एकेडेमीले नगद ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।

शक्ति युवा क्लब परवानीपुर र परवानीपुर युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ८ टिमले भाग लिएका थिए। विजेता तथा उपविजेतालाई परवानीपुर गाउँपालिका अध्यक्ष हरिनारायण साह र वीरगंज महानगर २१ का वडा अध्यक्ष हबिब मियाँले पुरस्कार वितरण गरेको प्रतियोगिता आयोजक समितिका अध्यक्ष सुबोधकुमार श्रीवास्तवले जानकारी दिए।

प्रतियोगिताको फाइनल खेलका म्यान अफ द म्याच वाग्मती युवा क्लबका सागर शाही, प्रतियोगिताका उत्कृष्ट खेलाडी वाग्मतीकै उज्जवल भण्डारी, बेस्ट स्ट्राइकर वाग्मतीका सिमल घिसिङ, बेस्ट मिडफिल्डर वाग्मतीका कृष्णा लामा, बेस्ट डेफेन्डर वीरगंज युथ एकेडेमीका अजय चौधरी, बेस्ट गोलकिपर वाग्मतीका अरुण बोलन घोषित भएका छन्। म्यान अफ द म्याचले ५ हजार, म्यान अफ द सिरिजले १० हजार बाँकी व्यक्तिगत विधातर्फ जनही ३/३ हजार नगदसहित पुरस्कार पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell