काठमाडौं : प्रहरीले गत २४ घण्टामा ‘तपाईँको मास्क खोई?’ कार्यक्रम अन्तर्गत ६६ हजार ७४७ जनालाई मास्क वितरण गरेको छ। कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि प्रहरीले तपाईँको मास्क खोई? कार्यक्रम सञ्चालन गरेको हो।
त्यस्तै, प्रहरीले मास्क नलगाउने ३० हजार ८८३ जनालाई होल्डिङ जोनमा उभ्याएर छोडेको छ भने १९ हजार १४५ जनालाई सम्झाएर पठाएको छ।
यसैगरी, मास्क नलगाउने १ हजार २७१ जनालाई प्रहरीले कारबाही समेत गरेको छ। यस्तै, सहयोगको लागि ४ हजार ४८३ कलहरु प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
