PahiloPost

May 15, 2026 | १ जेठ २०८३

नवयुग श्रेष्ठको गोलमा पोखराको संघर्षपूर्ण जित

नवयुग श्रेष्ठको गोलमा पोखराको संघर्षपूर्ण जित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा पोखरा थण्डर्सले विराटनगर सिटी एफसीमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले १-० गोल अन्तरले संघर्षपूर्ण जित निकालेको हो।

पोखराको जितमा नवयुग श्रेष्ठले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा श्रेष्ठले खेलको अन्तिम समयमा गोल गरेका थिए। खेलको ८३ औं मिनेटमा गरेको श्रेष्ठको गोल नै पोखराको जारी प्रतियोगितामा पहिलो जितका लागि निर्णायक बनेको थियो।

पोखराले यसअघिको खेलमा बुटवल लुम्बिनी एफसीसँग २-० गोलअन्तरले पराजय व्यहोरेको थियो। त्यस्तै, विराटनगरले धनगढी एफसीमाथि ३-० को सानदार जित निकालेको थियो।

आजै सम्पन्न पहिलो खेलमा बुटवल लुम्बिनी एफसी र एफसी चितवनले २-२ गोलको बराबरी खेलेका थिए।

जारी प्रतियोगितामा २ खेलबाट १ जित र एकमा बराबरीसँगै ४ अंक जोडेको बुटवल लुम्बिनी शीर्ष स्थानमा छ भने १ जित र १ हार ब्यहोरेको बिराटनगर सिटी ३ अंक सहित दोस्रो स्थानमा छ।



ट्रेन्डिङ पोस्ट

Ncell