PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

नेशनल मेडिकल कलेजले वीरगंजमा सञ्चालन गर्‍यो १७२ बेडको निःशुल्क कोभिड अस्पताल



राधेश्याम पटेल

नेशनल मेडिकल कलेजले वीरगंजमा सञ्चालन गर्‍यो १७२ बेडको निःशुल्क कोभिड अस्पताल

वीरगंज : नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले कोरोना संक्रमितको निःशुल्क उपचार शुरु गरेको छ। १ सय ७२ वटा बेड क्षमताको बाबा होटलमा पुनः निःशुल्क कोभिड अस्पताल शुरू गरिएको मेडिकल कलेजका प्रबन्ध निर्देशक डा बसरुद्दीन अन्सारीले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि उनीसँग वीरगंजमा कोरोना संक्रमण निकै बढेको र उपचार सहज पार्न कोभिड अस्पताल शुरु गर्नुस् भन्ने निर्देशनको आधारमा बुधवारदेखि कोभिड अस्पताल शुरु गरिएको उनले स्पष्ट पारे।

कोभिड अस्पतालमा १२ बेडको ईमरजेन्सी, २० बेडको भेन्टिलेटरसहितको आईसीयू, अक्सिजन सहितका ३० बेड, अट्याच बाथरुमसहितका ३० वटा बेड र करिब ९० वटा जेनरल बेड रहेको बताइएको छ। संक्रमित थप बढ्दै गएमा ५ सय बेड क्षमताको कोभिड अस्पताल पनि बनाउने तयारी रहेको उनको भनाइ थियो।

दुई साताअघि जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले कोभिड अस्पताल बनाउनको लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेको थियो। सोही अनुरुप अस्पताल शुरु भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर अधिकारीले बताए।

नेशनल मेडिकल कलेजको कोभिड अस्पतालमा खाना, बस्न, पानी, अक्सिजन, औषधि उपचारलगायत सबै निःशुल्क सेवा दिने बताइएको छ। पछि अस्पतालले मन्त्रालयसँग खर्च भुक्तानी लिन्छ। काठमाडौंमा पनि आफूले २ सय बेडको आईसीयू र १ सय बेडको भेन्टिलेटरसहितको उपचार शुरू गर्न खोज्दा हालसम्म अनुमति नपाएर रोकिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell