PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

निषेधाज्ञा हुनुअघि इन्धनको जोहो, पेट्रोल पम्पहरुमा तेल भर्नेको लाग्यो लाइन

निषेधाज्ञा हुनुअघि इन्धनको जोहो, पेट्रोल पम्पहरुमा तेल भर्नेको लाग्यो लाइन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौंः निकै तीव्र गतिमा कोरोना भाइरसको प्रकोप फैलिएपछि बिहीबारदेखि स्थानीय प्रशासनहरुले निषेधाज्ञा जारी गरेका छन्। अत्यावश्यकीय बाहेकका अन्य सेवा व्यवसाय सञ्चालनमा कडाइ गरिएको छ। सार्वजनिक यातायात सञ्चालनमा निषेध गरिएको छ।

देशभरमा बिहीबार करिब पाँच हजार संक्रमित थपिएका छन्। जसमध्ये आधा संक्रमित उपत्यकामा नै छन्।

निषेधाज्ञा जारी हुनुभन्दा अघिल्लो दिन पनि बजारमा भने दैनिक खाद्यान्नलगायतको जोहो गर्नेको भीड नै लागेको छ। यस्तै, सवारीसाधनमा इन्धन सञ्चय गर्नेहरु पनि पेट्रोल पम्पमा लाइन लागेका छन्।   



ट्रेन्डिङ पोस्ट

Ncell