PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

घरेलु मैदानमा पीएसजी म्यानचेस्टर सिटीसँग पराजित



पहिलोपोस्ट

घरेलु मैदानमा पीएसजी म्यानचेस्टर सिटीसँग पराजित
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमाथि जित निकालेको छ। पार्क डेस प्रिन्सेस स्टेडियममा सम्पन्न सेमिफाइनलको पहिलो लेगको खेलमा घरेलु टोली पीएसजी १-२ गोलअन्तरले पराजित भएको हो।

खेलको १५ औं मिनेटमा एन्जेल डी मारियाको पासमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। उनकै गोलमा पीएसजी पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा सिटीका केभिन डी ब्रुइनले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको ६४ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै खेलको ७१ औं मिनेटमा रियाद महरेजले गोल थप्दा सिटीले २-१ ले खेल आफ्नो पक्षमा पार्‍यो। खेलको ७७ औं मिनेटमा पीएसजीका इड्रिस्सा ग्युए रेड कार्ड खाँदै बाहिरिएका थिए।

यी दुई टोलीबीचको दोस्रो लेगको खेल मे ५ मा इतिहाद स्टेडियममा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell