PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

निषेधाज्ञाको पहिलो दिन, दर्जन फोटोमा बिहानैबाट सुनसान देखिएको उपत्यका

निषेधाज्ञाको पहिलो दिन, दर्जन फोटोमा बिहानैबाट सुनसान देखिएको उपत्यका

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु गरेको छ। निषेधाज्ञा शुरु भएसँगै काठमाडौं उपत्यकाका सडक बिहानैबाट सुनसान देखिन थालेको छ।

काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले आजबाट २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। मन्त्रिपरिषद्को बैठकले भने काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा गर्न निर्देशन दिएको छ।

सोमबार काठमाडौँका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक साता काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गर्ने निर्णय गरेको थियो। प्रशासनले वैशाख १६ गतेदेखि २२ गतेसम्मको लागि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा लगाएको हो।

तर मन्त्रिपरिषद्को बैठकले भने थप एक साता निषेधाज्ञा गर्न निर्देशन दिएको छ। त्यसैले बिहीबारदेखि जारी हुने निषेधाज्ञा १५ दिनसम्म पुग्ने भएको छ। मन्त्रिपरिषद्को बैठकले १५ दिनसम्म निषेधाज्ञा गर्न निर्देशन दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell