PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

निषेधाज्ञा पालना गराउन प्रहरी उत्र्यो कडाईका साथ, यसरी हुँदै चेकिङ

निषेधाज्ञा पालना गराउन प्रहरी उत्र्यो कडाईका साथ, यसरी हुँदै चेकिङ

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु गरेको छ। निषेधाज्ञा शुरु भएसँगै काठमाडौं उपत्यकाका सडक बिहानैबाट सुनसान देखिन थालेको छ।

निषेधाज्ञा पालना गराउन प्रहरी पनि बिहानैबाट खट्न थालेका छन्। राजधानी भित्रने नाका देखि राजधानीका विभिन्न चोकहरुमा प्रहरीले कडाईका साथ जाँच शुरु गरेको छ।

काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले आजबाट २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। मन्त्रिपरिषद्को बैठकले भने काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा गर्न निर्देशन दिएको छ।

सोमबार काठमाडौँका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक साता काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गर्ने निर्णय गरेको थियो। प्रशासनले वैशाख १६ गतेदेखि २२ गतेसम्मको लागि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा लगाएको हो।

तर मन्त्रिपरिषद्को बैठकले भने थप एक साता निषेधाज्ञा गर्न निर्देशन दिएको छ। त्यसैले बिहीबारदेखि जारी हुने निषेधाज्ञा १५ दिनसम्म पुग्ने भएको छ। मन्त्रिपरिषद्को बैठकले १५ दिनसम्म निषेधाज्ञा गर्न निर्देशन दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell