PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

निषेधाज्ञामा पनि नेपाल सुपर लिग जारी रहने, स्वास्थ्य मापदण्डमा भने कडाई



पहिलोपोस्ट

निषेधाज्ञामा पनि नेपाल सुपर लिग जारी रहने, स्वास्थ्य मापदण्डमा भने कडाई

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) स्वास्थ्य मापदण्ड थप्दै गर्दै निषेधाज्ञामा पनि जारी रहने भएको छ। नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा अघिल्लो शनिवारमा बन्द रंगशालामा सुपर लिग चलिरहेको छ। पछिल्लो समय कोभिडको संक्रमण बढेसँगै एनएसएल के हुने भन्ने अन्योल उत्पन्न भएको थियो।

आयोजकले लिगमा स्वास्थ्य मापदण्ड पुरा गर्दै सञ्चालन गर्न खेलकुद मन्त्रालयको सिफारिसमा सीसीएमसीबाट स्वीकृति मिलेको दाबी गरेको छ। खेलाडी, अफियल र थोरैमात्रामा आयोजकमात्र बसेर खेल गराउने गरी स्वीकृति मिलेको बताइएको छ।

आज हुने खेलमा ललितपुर सिटी एफसी र धनगढी एफसी प्रतिस्पर्धामा उत्रँदै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा एक बराबरी र एक पराजय ब्यहोरेको ललितपुर पहिलो जितको खोजिमा उत्रने छ भने १ पराजय र १ जित निकालेको धनगढी दोस्रो जितको खोजीमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell