PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

रुपन्देहीमा आजबाट वैशाख ३० गतेसम्म निषेधाज्ञा



पूजा पन्थी

रुपन्देहीमा आजबाट वैशाख ३० गतेसम्म निषेधाज्ञा

बुटवल : कारोना सक्रमितको सङख्या अप्रत्यासित रुपमा बढेपछि रुपन्देहीमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ। कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै स्थानिय प्रशाशनले वैशाख ३० गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आज बिहान ६ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको बताए। निषेधाज्ञा अवधिभर जिल्लाभित्र सबै प्रकारका निजी तथा सर्वाजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले अटेरी गरी चलाएका सवारी साधनलाई नियन्त्रणमा ल्याई सडक छेउमा राखेको छ।

त्यसै गरी अन्तर्राष्ट्रिय सीमा नाकामा भारत लगायत तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न पूर्ण रुपमा रोक लगाइने जनाइएको छ।

निषेधाज्ञा कडाइका साथ लागू गरिने र उल्लघंन गर्नेलाई संक्रामक रोग ऐन २०२० को उपदफा २ बमोजिम कारवाही हुने रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए। ‘संक्रमणबाट बच्न सबै सचेत हुनुपर्छ, निषेधाज्ञा कार्यान्वयन गर्नु नागरिकको दायित्व पनि हो’, उनले भने, ‘सुरक्षाकर्मी परिचालन गरेर निषेधाज्ञा कडाइ गरिनेछ, यदि उल्लंघन भए कारवाहीको दायरामा ल्याउँछौं ।’

अहिले रुपन्देहीमा कोरोना संक्रमण तीव्र रुपमा बढेको छ। अहिले रुपन्देहीमा कोरोना संक्रमण तीव्र रुपमा बढेको छ। सक्रिय संक्रमितको संख्या २ हजार २ सय १२ पुगेको छ। सक्रिय संक्रमितका कारण जिल्लाका सरकारी तथा निजी अस्पतालका आईसीयू, भेन्टिलेटर, जनरल र अक्सिजनसहित एचडी वार्डहरु भरिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell