PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कैलाली र कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु



एम बम

कैलाली र कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु
फाइल फोटो

कैलाली : कैलाली कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। आज बिहानै कैलालीमा १ र कञ्चनपुरमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कैलालीको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलन चोक बस्ने ४६ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

उनको कोरोना पुष्टि भएको १२ घण्टामै आज बिहान साढे १२ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

उता महाकाली अस्पतालमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवक र दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकको मृत्यु भएको छ।

कुनै पनि ट्राभल हिस्ट्री नभएका भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकमा ब्लड क्यान्सरको समस्या रहेकोमा कोरोना पोजेटिभ पनि देखिएकाले उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ।

यसै गरी कडा खालको निमोनिया देखा परेका दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकलाई मङ्गलवार अस्पतालमा उपचारको लागि भर्ना गरिएकोमा उनको साढे १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell