PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

यस्तो छ बुटवलको निषेधाज्ञा, सर्वसाधारण भने घर जान सडकमा बस कुर्दै

यस्तो छ बुटवलको निषेधाज्ञा, सर्वसाधारण भने घर जान सडकमा बस कुर्दै

पूजा पन्थी/पहिलोपोस्ट


बुटवल : सरकारले ५ सय भन्दा धेरै सक्रिय संक्रमित भएको जिल्लामा लकडाउन तथा निषेधाज्ञा लगाउने निर्णय गरेअनुरूप रूपन्देहीमा पनि बिहीबार बिहान ६ बजेदेखि नै निषेधाज्ञा शुरु भएको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीले विज्ञप्ति जारी गर्दै कडाइका साथ लागू गर्ने बताएको छ। सोही अनुरूप चोकचोकमा नेपाल प्रहरी तथा नगर प्रहरीले जाँच गरिरहेको छ। बुटवलमा रहेको बसपार्क सुनसान छ भने बाहिर घर जानको लागि गाडी पाइने आशमा सडकमै उभिएका भिड पनि देख्न सकिन्छ।

सार्वजनिक यातायातका केही साधनहरु पनि सडकमा देखिएका छन् भने निजी सवारी साधन पनि बजारमा देखिएका छन्। सुरक्षा चुनौतीका बीचमा गरिएका जाँचमा आवतजावत पास नभएका ब्यक्तिलाई होल्डिङ गरेर राखिएको छ। स्थानीय प्रशासनले वैशाख ३० गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आज बिहान ६ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको बताए। निषेधाज्ञा अवधिभर जिल्लाभित्र सबै प्रकारका निजी तथा सर्वाजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीले अटेरी गरी चलाएका सवारी साधनलाई नियन्त्रणमा ल्याई सडक छेउमा राखेको छ।

त्यसै गरी अन्तर्राष्ट्रिय सीमा नाकामा भारत लगायत तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न पूर्ण रुपमा रोक लगाइने जनाइएको छ।

निषेधाज्ञा कडाइका साथ लागू गरिने र उल्लघंन गर्नेलाई संक्रामक रोग ऐन २०२० को उपदफा २ बमोजिम कारवाही हुने रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए। ‘संक्रमणबाट बच्न सबै सचेत हुनुपर्छ, निषेधाज्ञा कार्यान्वयन गर्नु नागरिकको दायित्व पनि हो’, उनले भने, ‘सुरक्षाकर्मी परिचालन गरेर निषेधाज्ञा कडाइ गरिनेछ, यदि उल्लंघन भए कारवाहीको दायरामा ल्याउँछौं ।’

अहिले रुपन्देहीमा कोरोना संक्रमण तीव्र रुपमा बढेको छ। अहिले रुपन्देहीमा कोरोना संक्रमण तीव्र रुपमा बढेको छ। सक्रिय संक्रमितको संख्या २ हजार २ सय १२ पुगेको छ। सक्रिय संक्रमितका कारण जिल्लाका सरकारी तथा निजी अस्पतालका आईसीयू, भेन्टिलेटर, जनरल र अक्सिजनसहित एचडी वार्डहरु भरिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell