PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

अक्सिजनको डिमाण्ड प्रतिमिनेट ३ लिटरबाट बढेर १० लिटर पुगेपछि पूर्वरानी कोमललाई आईसीयूमा सारियो



पहिलोपोस्ट

अक्सिजनको डिमाण्ड प्रतिमिनेट ३ लिटरबाट बढेर १० लिटर पुगेपछि पूर्वरानी कोमललाई आईसीयूमा सारियो

काठमाडौं : कोभिड १९ संक्रमणको सिकार भएकी  पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारिएको छ। स्वाप्रश्वासमा समस्या देखिएपछि पूर्वरानी शाहलाई आईसीयूमा सारिएको नर्भिक अस्पतालका चिकित्सक जीपी जैशवालले जानकारी दिए।

कोभिड १९ संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह सहित कोमल वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएकी थिइन्।

'पहिले अक्सिजनको डिमाण्ड ३/४ केजी मात्र थियो। अहिले डिमाण्ड बढेर १० केजीसम्म पुगेको छ। त्यसैले आईसीयूमा राखिएको हो,' चिकित्सक जैसवालले भने।

पूर्वराजा शाहको अवस्था भने सामान्य नै रहेको उनले जानकारी दिए।

पूर्वराजा ज्ञानेन्द्र शाह भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको कुम्भ मेलामा सहभागी भएर वैशाख ५ गते स्वदेश फर्किएका थिए।

त्यसपछि कोभिड १९ परीक्षण गर्दा शाह दम्पतीमा कोभिड पोजेटिभ देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell