काठमाडौं : पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ । वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वमा भोलि शल्यक्रिया हुन लागेको हो। त्यसका लागि अध्यक्ष भट्टराई आजै अस्पताल भर्ना हुने उनको सचिवालयले जानकारी गराएको छ।
यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो। विभिन्न परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका थिए। ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको थियो।
