PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

उपत्यका छाड्नेको चापले नागढुंगामा जाम, सडक खुलाउन सीडीओदेखि ट्राफिक प्रमुखको सक्रियता

उपत्यका छाड्नेको चापले नागढुंगामा जाम, सडक खुलाउन सीडीओदेखि ट्राफिक प्रमुखको सक्रियता

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज बिहान ६ बजेबाट उपत्यकामा निषेधाज्ञा हुने भएपछि राजधानी छाड्नेको चापले नागढुंगामा जाम भएको छ। बिहान ११ बजेसम्म पनि नागढुंगाको नागबेली सडकमा जाम देख्न सकिन्छ।

उक्त क्षेत्रमा जाम बढेपछि उक्त क्षेत्रमा ट्राफिकको सक्रियता बढाईएको छ। नागढुंगा क्षेत्रमा ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराई, एसएसपी अशोक सिंह पनि पुगेका छन्। त्यसैगरी काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली पनि नागढुंगा नाकामा पुगेका छन्। उक्त क्षेत्रको चेकिङका लागि सिडिओदेखि महानगरीय ट्राफिक प्रहरी प्रमुख, काठमाडौंका प्रहरी प्रमुख आइपुगेका हुन्।

काठमाडौं भित्रने सवारी चापका कारण पनि जाम भएको ट्राफिक प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा मंगलवारबाट राजधानी छाड्नेको चाप बढेको थियो। बुधवार साँझ पनि नागढुंगा क्षेत्रमा उपत्यका छाड्ने सवारीको चाप बाक्लो थियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell