PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

कोरोना नियन्त्रणका लागि वीरगंज महानगरको पाँच एक्सन : निशुल्क अक्सिजन बैंक, निशुल्क एम्बुलेन्स सेवादेखि संक्रमितलाई घरमै औषधि



राधेश्याम पटेल

कोरोना नियन्त्रणका लागि वीरगंज महानगरको पाँच एक्सन : निशुल्क अक्सिजन बैंक, निशुल्क एम्बुलेन्स सेवादेखि संक्रमितलाई घरमै औषधि

वीरगंज : कोरोना महामारीको दोस्रो लहरमा वीरगंज पुनः एक पटक हटहस्पट बनेको छ। यहाँ दैनिक चार/पाँच जनाको उपचारको क्रममा मृत्यु भइरहेका छन्। उपचारको संलग्न चिकित्सकहरुको अनुसार उपचार गराउन आउनेहरुको छाती निमोनियाको कारण पुरै खराब भएपछि अस्पताल आउने गरेको बताएका छन्।

यसको कारण कोरोना हो की अरु रोग? समयमै परीक्षण र उपचार सम्भव नभएर यस्तो भइरहेको छ। पछिल्लो समय वीरगंज र चितवनमा गरी पर्सा, बारा, रौतहट, सर्लाही र एक भारतीय(भारतीय महावाणिज्य दूतावासका कर्मचारी) गरी कुल १९ जनाको मृत्यु भइसकेको छ। दैनिक सयको हाराहारीमा पर्सा, बारा, रौतहट र अन्य जिल्लाका संक्रमित थपिने क्रम जारी छ। साथै वीरगंजमै मात्र ५१ जना अस्पतालको आइसोलेसनमा छन् भने ९१६ जना होम आइसोलेसनमा छन्। यस्तो अवस्थामा वीरगंज महानगरले ढिलै भएपनि पाँच वटा योजनाका आफ्नो पूर्व तयारीको काम थालेको छ। वीरगंज महानगरका मेयर विजय सरावगीले शुरु गरेको ५ योजना यस्ता छन् :

डेढ सय बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन वार्ड

महानगरले वीरगंजमै अक्सिजन सुविधासहितको डेढ सय बेड क्षमतको आइसोलेसन वार्ड बनाउन योजना अघि बढाएको छ। मेयर सरावगीका अनुसार महानगरसँग १५ बेडको अस्पताल सञ्चालन गर्नमात्र अधिकार रहेकोले केन्द्र सरकार र स्थानीय प्रशासनको अनुमतिमा डेढ सय बेडको अक्सिजनसहितको आइसोलेसन वार्ड बनाउन तयारी थालिएको हो। उनले होम आइसोलेसमा समस्या महसुस गर्नेहरु उक्त आइसोलेनमा बस्न सकिने बताए।

ठाराबमा होल्डिङ सेन्टर

वीरगंज महानगरले ठाकुरराम बहुमुखी क्याम्पसलाई साढे ३ सय वेड क्षमतको होल्डिङ सेन्टर बनाएको छ। जसमा हालसम्म भारतबाट आउनेहरु ५० जनाले सेवा लिइरहेका छन्। भारतबाट आउनेहरु क्वारेन्टिनको रुपमा होल्डिङ सेन्टरमा राखिने छ। वीरगंज भन्सारमा एन्टिजेन परीक्षणबाट पोजेटिभ देखिएमा वीरगंजका बासिन्दा र अन्य जिल्लाका बासिन्दालाई त्यहाँ होल्डिङ गरिन्छ। पर्सा, बाराका अन्य पालिकाका व्यक्तिलाई सम्बन्धित पालिकामा पठाइने छ। क्वोरेन्टिनमा भएकाहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाउदा संक्रमण कम हुने उनको विश्वास छ।

निशुल्क अक्सिजन बैंक शुरु

वीरगंज महानगरको आयोजनामा वीरगंजमा निशुल्क अक्सिजन बैंक शुरुवात गरिएको छ। होम आइसोलेसनमा भएकाहरुलाई स्वाश लिन ग्राहो भएमा उनीहरुले वीरगंज महानगरका नगर प्रहरी इन्चार्ज हरि भूषाललाई ९८५५०९०४७४ र ९८४००३९२२२ मा सम्पर्क गरी अक्सिजन सिलिन्डर लिन सक्ने छन्। वीरगंज हेल्थ केयर हस्पिटल र लायन्स क्लब अफ वीरगंज, जितपुरसिमरा, कलैया गंजभवानीपुर शाखाको संयुक्त सहयोगमा अक्सिजन बैकको शुभारम्भ गरिएको छ। सिलिन्डरले लिनेले नागरिकताको प्रतिलिपी, पिसिआर रिपोर्ट प्रतिलिपी, चिकित्सकको प्रेस्क्रिप्सन र सम्पर्क नम्बर दिनु पर्छ।

होम आइसोलेसनका संक्रमितलाई घरमै औषधी पुर्‍याइँदै

वीरगंज महानगरले होम आइसोलेसनमा बसेकालाई बुधवारदेखि घरमै औषधी वितरण गर्ने काम थालेको छ। मेयर सरावगीले वीरगंज ५ कुमालटोलका एकै परिवारका ५ जना संक्रमितको परिवारलाई ११ थरिका औषधी वितरण गरेर यो अभियान शुरु गरेको बताए। उनले संक्रमतिहरुको स्वाब संकलन, औषधी उपचार तथा काउन्सेलिङ्को जिम्म महानगरले लिएको बताए। उनले संक्रमितहरुले महानगरका कोभिड फोकल पर्सन जहिर आलमलाई ९८६०१३४५२३ मा सम्पर्क गरी सहयोग लिन सक्ने छन्।

निशुल्क एम्बुलेन्स र शव बाहन सञ्चालनमा

पर्सा क्षेत्र नं १ संघीय सासद प्रदिप यादवको संसदीय कोषबाट तथा वीरगंज महानगरको संयुक्त पहलमा वीरगंज महानगरले एक एम्बुलेन्स र एक शव बाहन बुधवारदेखि सञ्चालनमा ल्याएको छ। कोरोना महामारीको कारण कतिपय शकास्पद तथा अन्य बिरामीलाई समयमा एम्बुलेन्स नपाएर अस्प्ताल पुग्न समस्य भएकोले पोहोरकै कोरोना कालमा खरिद गरिएको एम्बुलेन्स र शव बाहन यसपाली सञ्चालनमा लइाएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell