PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

निषेधाज्ञा उल्लङ्घन, ४ सय ११ वटा सवारी साधन नियन्त्रणमा

निषेधाज्ञा उल्लङ्घन, ४ सय ११ वटा सवारी साधन नियन्त्रणमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञामा सवारी पास नलिई हिंडेका सवारी साधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अहिले काठमाडौं उपत्यकाभित्र ३२ सय प्रहरी खटाइएको छ। आज बिहानसम्म ट्राफिक प्रहरीले ४११ वटा सवारी सधानलाई नियन्त्रणमा लिएको छ। जसमा ३ सय २० वटा दुई पाङ्ग्रे सवारी साधन रहेका छन्। यसरी नियन्त्रणमा लिएको सवारी साधनलाई प्रहरीले साँझ ७ बजेसम्म राखेर मात्र फिर्ता गर्ने जानकारी दिएको छ।

त्यस्तै, मास्क नलगाई हिँड्ने मानिसलाई समेत नियन्त्रणमा लिइएको छ। काठमाडौंमा ६७० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै ललितपरमा ५७२ र भक्तपुरमा १७५ जनालाई नियन्त्रणमा लिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell