PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बाहिर त्यसै ननिस्किनु, नत्र यसरी परिएला फन्दामा

बाहिर त्यसै ननिस्किनु, नत्र यसरी परिएला फन्दामा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्न सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा गरेको जान्दाजान्दै पनि मानिसहरु अटेरी भएर यात्रा गरिरहेका छन्। जनस्वास्थ्यकै लागि निषेधाज्ञा गरिएको भए पनि अति आवश्यक पर्नेलाई कारण खुलाउँदा प्रहरीले सहजिकरण नै गरिरहेको छ।
यसो हुँदाहुँदै पनि आज बिहान ४ सय ११ वटा गाडी प्रहरीले नियन्त्रणमा लियो। कारण हो - अनावश्यक यात्रा। 
काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञामा सवारी पास नलिई हिँडेका सवारी साधानलाई प्रहरीले नियन्त्रणमा लिनु स्वभाविक नै हो। यसरी नियन्त्रणमा लिनका लागि काठमाडौं उपत्यकाभित्र ३ हजार २ सयभन्दा धेरै प्रहरी परिचालन गरिएको छ। 
अटेर गरी हिँड्नेको सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर ७ बजेसम्म राखेर फिर्ता गर्ने जानकारी दिएको छ। 

त्यस्तै, मास्क नलगाई हिँड्ने मानिसलाई समेत प्रहरीले सडकमै नियन्त्रणमा लिएर राखिरहेको छ।
कोभिड १९ को संक्रमणले मुलुक यतिखेर आक्रान्त छ। अस्पतालमा बेड अभाव भइरहेको छ। यस्तोमा आफ्नो र आफन्तको जनस्वास्थ्यको सुरक्षाका लागि बाहिर ननिस्किनु सबैभन्दा राम्रो हो। केहीगरी निस्किने हो भने तयार हुनु - प्रहरीको यस्तैखाले नियन्त्रणमा पर्नका लागि। 



ट्रेन्डिङ पोस्ट

Ncell