PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

कोरोना संक्रमित प्रदेश सांसद शर्मालाई हेलिकोप्टरबाट काठमाडौं लगियो



राधेश्याम पटेल

कोरोना संक्रमित प्रदेश सांसद शर्मालाई हेलिकोप्टरबाट काठमाडौं लगियो

वीरगंज : कोरोना संक्रमित प्रदेश २ का प्रदेश सांसद ओमप्रकाश शर्मालाई हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। अल्टिच्यूड एयरको हेलिकोप्टरबाट दिउँसो साढे १२ बजे उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा थप उपचारको लागि लगिएको हो।

वीरगंज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका शर्मा केही दिनदेखि अस्वस्थ थिए। उनलाई उच्च ज्वरो र रूघाखोकीले सताएको थियो। बुधवार नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell