PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

सरकार टिकाउन पृथ्वीको एक्सन : गण्डकीमा दीपक मनाङे खेलकुद मन्त्री नियुक्त



पहिलोपोस्ट

सरकार टिकाउन पृथ्वीको एक्सन : गण्डकीमा दीपक मनाङे खेलकुद मन्त्री नियुक्त

काठमाडौं : गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरिएको छ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन्। मनाङेको आजै पद तथा गोपनियताको सपथ लिएका छन्।

प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव  छलफल चलिरहँदा  मन्त्रिमण्डल बिस्तार गरिएको हो। मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रदेशसभामा अविश्वासको प्रस्ताव ल्याएका छन्। बुधवार नै अविश्वासको प्रस्तावमा मतदान हुने भनिएपनि जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही उपस्थित नभएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो। हिजोको बैठकमा मनाङे पनि उपस्थित थिएनन्।

स्वतन्त्र सांसद मनाङेले केही दिनअघि प्रदेशसभामा सत्ता पक्षभन्दा छुट्टै सीट मागेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell