PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

र्‍यापर कान्ये वेस्टको जुत्ताले बनायो नयाँ विश्व रेकर्ड



पहिलोपोस्ट

र्‍यापर कान्ये वेस्टको जुत्ताले बनायो नयाँ विश्व रेकर्ड

अमेरिकन र्‍यापर कान्ये वेस्टको जुत्ताले नयाँ वर्ल्ड रेकर्ड बनाएको छ। उनले ग्रामी अवार्डमा लगाएको जुत्ता २१ करोडमा बिक्री भएको छ

कान्ये वेस्टको नाइक यीजी स्निकर्सले वर्ल्ड रेकर्ड बनाएको हो। उनले सन् २००८ को ग्रामी अवार्ड समारोहमा स्निकर्स लगाएर ‘हे मामा’ र ‘स्ट्रोन्गर’ प्रस्तुती दिएका थिए। सन् २०१३ मा उनले नाइक ब्राण्डको जुत्ता लगाउन छोडेर एडिडास ब्राण्डसँग जोडिएका थिए।

१२ साइजको कालो रंगको लेदरको स्निकर्सलाई गत सोमवार न्यू योर्कका कलेक्टर रयान चैंगले बिक्रीको लागि लिलामीमा राखेका थिए। लिलामीमा कान्येको जुत्तालाई एक जनाले १.८ मिलियन डलर अर्थात २१ करोड ४२ लाख ६२ हजार रुपैयाँमा बिड गरेका छन्।

यि जुत्तालाई इन्वेस्टिंग प्लेटफर्म रेयर्सले खरिद गरेका हुन्। जो स्निकर्सको लागि बोलिएको उच्च रकम हो।

कान्ये वेस्टको स्निकर्स २१ करोडको मूल्यमा बिक्री भएर नयाँ विश्व रेकर्ड बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell